दफा ४४०
बन्धकीमा लिएको सम्पत्तिको मनासिब हेरविचार गर्नु पर्ने

(१) बन्धकीमा लिएको सम्पत्तिमा भोगाधिकार कायम भए पछि साहूले आफ्नो सम्पत्ति सरह त्यसको मनासिब हेरविचार र संरक्षण गर्नु पर्नेछ ।
(२) बन्धकीमा लिएको सम्पत्ति भोगचलन गरे वापत कानून बमोजिम कुनै कर वा दस्तुर बुझाउनु पर्ने रहेछ भने त्यस्तो कर वा दस्तुर साहूले नै बुझाउनु पर्नेछ । तर कानून बमोजिम लाग्ने मालपोत भने असामीले नै बुझाउनु पर्नेछ ।
(३) बन्धकी लिएको सम्पत्ति असामी बाहेक अन्य व्यक्तिबाट बाधा अवरोध भई भोगचलन गर्न नपाएमा साहूले भोगचलनको लागि कानून बमोजिम नालिस गर्न सक्नेछ ।